खेल / क्रिकेट : आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा खेलमा बहराइन माथि नेपालको सानदार जित
- भाद्र १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा शुक्रबार बहराइनविरूद्ध सानदार जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले शुक्रबार बहराइन विरूद्ध १० विकेटको जित हात पारेको हो। बहराइनले दिएको ३१ रनको लक्ष्य नेपालले २.५ ओभरमै पूरा गरेको हो। नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन प्रहार गरे। नेपालले १३ रन एक्स्ट्राबाट बटुलेको थियो।
यसअघि नेपालले बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकालेको थियो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो। मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments