बागमती क्रिकेट संघको अध्यक्षमा पूर्वकप्तान खड्का निर्वाचित
- भाद्र १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल क्रिकेट संघ ९क्यान०को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। मतगणनामा खड्काले २३ मत पाउँदा पियाले १४ मत मात्रै पाए।
खड्काले काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर गरी चार जिल्लाका पदाधिकारीहरूसँग मिलेर संयुक्त प्यानल बनाएका थिए। सोही प्यानलको मतमा खड्का शुक्रबार भएको अधिवेशनमा अध्यक्षमा निर्वाचित भए।
निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले तत्कालका लागि केन्द्रीय अध्यक्षको बारेमा नसोचेको भन्दै ६ वटै प्रदेशका पदाधिकारीहरूसँग बसेर छलफलपछि केन्द्रीय परिवेशबारे निर्णय लिने समेत बताए।
उनले प्रदेश अध्यक्ष भएसँगै प्रदेशका ६ वटै जिल्लाको क्रिकेटको विकासमा समान रूपले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments