हाम्रो छिमेकी : अत्यन्तै विशेष आगन्तुक तिमी र तिम्रो परिवारसँग भेट्न पाउँदा गौरवान्वित भएँ – प्रधानमन्त्री मोदी
- भाद्र १६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १८ वर्षीय किशोर खेलाडी रमेशबाबु प्रगन्नानन्धालाई भेटेका छन् । भारतीय प्रधानमन्त्रीले प्रगन्नानन्धालाई भेटेर अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सफलताका लागि बधाई दिएका हुन् । मोदीले प्रगन्नानन्धालाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए ।
उक्त भेटपछि भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमा तस्बिरसहित ट्विट गरेका छन्, ‘अत्यन्तै विशेष आगन्तुक । तिमी र तिम्रो परिवारसँग भेट्न पाउँदा गौरवान्वित भएँ। भारतका युवाले हरेक क्षेत्रमा कसरी उत्कृष्ट प्रदर्शन गर्छन् भन्ने कुराको तिमी गतिलो उदाहरण हौ । हामी गौरवान्वित छौँ ।’मोदीले प्रगन्नानन्धा र उनको आमा(बुवासँग खिचेको तस्बिर पनि पोष्ट गरेका छन् ।
प्रगन्नानन्धा विश्वकप चेस प्रतियोगितामा आफूभन्दा दिग्गज प्रतिद्वन्द्वीलाई हराउँदै दोस्रो भएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय खेल वृत्तमा उनको उपलब्धिको चर्चा सुरु भएको थियो । विश्वकप चेसको फाइनलमा उनी नर्वेजियन ग्रान्डमास्टर म्यागनस कार्लसनसँग पराजित भएका थिए ।
तर, उनले आफूभन्दा निकै पाका खेलाडी ३२ वर्षीय कार्लसनलाई सजिलै उपाधि चुम्न दिएका थिएनन् । अन्तिम समयसम्म उनले कार्लसनलाई कडा चुनौती दिएका थिए । अजरबैजानको बाकुमा विश्वकप चेसको उपाधि जितेपछि कार्लसनले १८ वर्षीय यी किशोरको प्रशंसा गर्नबाट आफूलाई रोक्न सकेनन् ।
प्रगन्नानन्धाको प्रशंसा गर्दै कार्लसनले भनेका थिए, ‘रमेशबाबु प्रगन्नानन्धालाई हराउन निकै सँघर्ष गनुपर्यो । विश्व चेसमा उनको भविष्य निकै उज्ज्वल छ । वास्तवमा उनी बुद्धिका शातिर सैतान हुन् ।’ प्रगन्नानन्धाको जन्म तमिल नाडुको चेन्नइमा सन् २००५ को अगस्त १० तारिखमा भएको हो । -एएनआई
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments