•  २६ पुष २०८१, शुक्रबार

लङ्कापति रावणको मृत्युपश्चात धार्मिक तथा नैतिकवान स्त्री मन्दोदरीको जीवनमा के भयो ?

- भाद्र १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं 

हिन्दु धर्मग्रन्थ रामायणमा लङ्कापति रावणकी पत्नी ‘मन्दोदरी’लाई सुन्दरी, धार्मिक र नैतिकवान स्त्रीको रूपमा वर्णन गरिएको छ। उनी रावणकी धर्मपत्नी हुन।

उनी आफ्ना पतिलाई सदा सत्य र धर्मको बाटो हिँड्न सुझाब दिन्थिन्। रावण आफ्नो शक्तिको अहंकारले भरिएका थिए। जब रावणले रामकी पत्नी सीतालाई हरण गरेर लङ्कामा ल्याएका थिए, तब मन्दोदरी सशंकित बनेकी थिइन। सो कार्य अनैतिक भएको मन्दोदरीलाई थाहा थियो। बारम्बार सीतालाई रामकै साथमा छोडिदिन रावणसँग आग्रह गर्थिन्।

श्रीराम, उनकी पत्नी सीता, भाई लक्ष्मण, भक्त हनुमान, बाँनर सेना, राक्षस राजा रावण, लंकाको युद्ध, रामको विजय, रावणको मृत्यु, त्यसपश्चात युद्धको अन्त्य भैसकेपछि मन्दोदरी युद्धमैदानमा पुगिन – जताततै आफ्ना भाइ-भारद्वाज, सेना, आफ्ना पुत्रहरू अनि आफ्ना पति रावणको लास।

यस्तो विचलित अवस्थामा मन्दोदरीले जब रामतर्फ फर्केर हेरिन, तब उनले बुझिन् कि राम कुनै साधारण पुरुष होइनन्, ऊ त स्वयं भगवान विष्णुका अवतार हुन्।

युद्ध पश्चात रामले विभिषणलाई लङ्काको राजा हुन सुझाव दिए र देशलाई धर्म र विकासको बाटोमा लैजान आग्रह गरे। साथै विभिषणलाई आफ्ना दाजुकी पत्नी मन्दोदरीसँग विवाह गरी लङ्काकी रानी बनाउन सल्लाह दिए।

मन्दोदरीलाई पनि रानी हुनुको कर्तव्यबोध गराए र जसले अधर्मी काम गर्छ उसको अवश्य पनि विनाश हुन्छ भनेर रामले सम्झाए।

त्यसपछि जब राम, सीता, लक्ष्मण, हनुमान र अन्य वानरसेनाहरू अयोध्या फर्किए, तब मन्दोदरी आफ्नो दरबार फर्किइन् र आफूलाई एउटा कोठामा थुनेर कहिल्यै पनि बाहिर ननिस्कने निर्णय गरिन

केहि समयपश्चात जब मन्दोदरीलाई आफ्ना प्रजाहरूको चिन्ता लाग्न थाल्यो, तब उनी कोठाबाट बाहिर निस्किन् र विभिषणसँग विवाह गरेर रानी बन्ने निर्णय गरिन्। संस्कारअनुसार विभिषण र मन्दोदरीको विवाह भयो र उनीहरूले लङ्कालाई धर्मको बाटो तर्फ लैजाने अठोट गरे।

भयङ्कर राक्षसलाई शक्तिशाली वरदान : भक्तलाई कहिल्यै पनि भेदभाव नगर्ने भगवान शिव कसरी भए भोलेनाथ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर