•  २६ पुष २०८१, शुक्रबार

विश्व सेरोफेरो :  खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु

- भाद्र १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सुडानको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको छ । हवाई आक्रमणमा परी उनीहरूको मृत्यु भएको केही घण्टापछि पनि खार्तुमका बासिन्दा आइतबार बिहान त्रासका साथ उठेको सुडानी अधिकारकर्मीले बताएका छन् ।

दक्षिणी खार्तूममा भएको हवाई बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छिमेकीको प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समिति धेरै स्वयम्सेवक समूहहरू मध्ये एक हो र यसले प्रजातन्त्र समर्थक प्रदर्शनहरूलाई समर्थन गर्दछ । अहिले सेना र अर्धसैनिक लडाकुहरू बीचको क्रसफायरमा स्वयमंसेवक समूहहरूले फसेका परिवारहरूलाई सहयोग प्रदान गर्छन् ।

यसअघि जारी गरिएको एक वक्तव्यमा उनीहरूले मृतकमा दुई जना बालबालिका पनि रहेको र थप मृत्युको रेकर्ड नभएको जानकारी दिएका थिए । बम विस्फोटमा उनीहरू गम्भीर रूपमा जलेका वा टुक्रा–टुक्रा भएका कारण उनीहरूको शरीरलाई तत्काल अस्पताल लैजान नसकिएको र परिचय खुल्न पनि नसकेको जनाइएको थियो ।

सशस्त्र द्वन्द्वस्थल र घटनाको तथ्याङ्क सङ्कलन कार्यक्रमका अनुसार अप्रिल १५ मा नियमित सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेजबीच युद्ध सुरु भएयता करिब पाँच हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

सुडानी सशस्त्र बलले आकाशलाई नियन्त्रण गरेको छ र नियमित हवाई आक्रमण गरिरहेको छ भने आरएसएफ लडाकुहरूले राजधानीका सडकहरूमा प्रभुत्व जमाएका छन् ।

पश्चिमी मुलुकहरूले पश्चिमी डार्फर क्षेत्रमा जातीयताका आधारमा अर्धसैनिक बल र सहयोगी मिलिसियाको हत्या गरेको आरोप लगाउँदै आएका छन् र अन्तर्राष्ट्रिय फौजदारी अदालतले कथित युद्ध अपराधको नयाँ अनुसन्धान सुरु गरेको छ ।

सेनामाथि जुलाई ८ मा भएको हवाई हमलामा करिब दुई दर्जन सर्वसाधारणको ज्यान जानेगरी भएको दुव्र्यवहारको आरोप पनि लागेको छ ।
सुडानका चार करोड ८० लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ र ६० लाख मानिस ‘अनिकालबाट एक कदम टाढा’ रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

असुरक्षा, लुटपाट र नोकरशाही अवरोधका बावजुद अन्तरराष्ट्रिय निकायले लाखौं खाँचोमा परेकाहरूलाई सहयोग गर्न सफल भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण करिब ३८ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख मानिस सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् ।

‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ का अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख मानिस रहेका छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्या हो ।

सुडानका ४ करोड ८० लाख जनसङ्ख्यामध्ये आधाभन्दा बढीलाई मानवीय सहायता र सुरक्षाको खाँचो छ र ६० लाख मानिस चरम अनिकालको सङ्घारमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

असुरक्षा, लुटपाट र नोकरशाही अवरोधका बावजुद विश्व निकायले लाखौं खाँचोमा परेकाहरूलाई सहयोग गर्न सफल भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धका कारण करिब ३८ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने अन्य १० लाख मानिस सीमा पार गरेर छिमेकी मुलुकतर्फ प्रवेश गरेका छन् ।

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार विस्थापितमध्ये खार्तुमका करिब २८ लाख मानिस रहेका छन् । यो राजधानीको युद्धपूर्वको करिब ५० लाख जनसङ्ख्याको आधाभन्दा बढी हो । (रासस/एएनआई)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर