•  २६ पुष २०८१, शुक्रबार

लङ्कापति रावणकी धर्मपत्नि धार्मिक तथा नैतिकवान स्त्री मन्दोदरीको जन्म कसरी भयो ?

- भाद्र १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं 

शिव पुराणमा एउटा कथाप्रसङ्ग उल्लेख गरिएको छः एक दिन माता पार्वती कैलाश पर्वतमा नभएको बेला मधुरा नामकी एक अप्सरा त्यहाँ पुगिन् र शिवजीलाई ध्यान गरिरहेको अवस्थामा देखिन्। शिवको गहिरो ध्यान अनि उनको उन्मत्त शरीर देखेर मधुराको जोवनमा रस पैदा हुन थाल्यो र शिवजीको अगाडि उत्तेजनामा नाच्न लागिन्। शिवको पुरै शरीरमा लुटुपुटु हुँदै आफ्नो शरीर भरि शिवजीको भष्म दल्न थालिन्।

यत्तिकैमा पार्वती त्यहाँ आइपुगिन् र कुनै अञ्जान स्त्री आफ्ना पति भगवान शिवसँग लडबडिँदै गरेको देखेर क्रोधित पार्वतीले मधुरालाई एक भ्यागुतोमा परिवर्तन गरि सदाको लागि इनारमा लगेर फ्याँकिदिइन्।

पार्वतीको यस्तो क्रोध देकेर शिवजी पनि ध्यानबाट बाहिर आएर पार्वतीको क्रोधलाई शान्त गर्न तर्फ लागे। शिवले आग्रह गरे- “हे पार्वती( हे करुणामयी) तिम्रो दयाको कुनै सीमा छैन, यो सारा ब्रह्माण्ड तिम्रै दया र करुणामा अडिएको छ। यस्तो महान् तिमीले क्रोधको भरमा कुनै एक अप्सरालाई श्राप दिनु अधर्म हुन्छ। त्यसैले पार्वती, उनको श्राप फिर्ता लेऊ१”

शिवजीको यस्तो वचन सुनी पार्वतीले पनि आफूले अधर्म गरेको महशुस गरिन् र भनिन्-“हे अप्सरा१ तिमीले आफ्नो कर्मको फल त भोग्नैपर्छ। त्यसैले १२ वर्ष पछि तिमी आफ्नो वास्तविक रूपमा फर्किनेछौ।”

असूरहरूका राजा ‘मायासूर’ र उनकी पत्नी ‘हेमा’का दुई पुत्र थिए- ‘मायावी’ र ‘दुन्दुभी’। तर उनीहरूलाई एक पुत्रीको आशा थियो। त्यसैले भगवानको वरदानको लागि उनीहरू कडा तपस्या बस्न थाले।

यसैबेला मधुराको १२ वर्षको श्रापको पनि अन्त्य हुन लागिसकेको थियो। जब भ्यागुतो रूपी अप्सरा आफ्नो वास्तविक रूपमा फर्किइन्, तब इनारमा उनलाई बचाउने कोहि थिएनन् र मद्दतको लागि गुहार्न थालिन्।

उता तपस्या गरिरहेका मायासूर र हेमाले मधुराको चित्कार सुने र बचाउन इनारतर्फ लागे। इनारबाट मधुरालाई उद्धार गरिसकेपछि, उनीहरूले उसैलाई आफ्नी धर्मपुत्री बनाए र ‘मन्दोदरी’ नाम दिए।

यता रावण पनि आफ्नो राज्यबाट शिकारको लागि बाहिर निस्किएका थिए। यसैक्रममा मायासूरको दरवारमा पसि उनलाई भेटेर फर्किने निर्णय गरे। दरबारमा मन्दोदरीलाई देखेपछि उनको सौन्दर्यबाट लोभिएका रावणले मायासूरसँग मन्दोदरीको हात मागे, तर मायासूरले अस्वीकार गरे। जसको कारण रावण क्रोधित भए र विवाह नगरिदिए सारा असूरहरूको वध गरी मन्दोदरीलाई लङ्का लैजाने डर देखाए।

मन्दोदरीलाई थाहा थियो कि रावण पनि शिवका महान भक्त हुन्। मन्दोदरीले रावणसँग विवाह स्वीकारिन्। अन्ततः रावण र मन्दोदरीबाट ३ पुत्र भए- मेघनाद, अतिकाय र अक्ष्यकुमार।

रामसँग युद्धको लागि जानुअघिसम्म मन्दोदरीले रावणलाई सम्झाउँदै थिइन, बुझाइरहिन अनि अधर्मको बाटोतर्फ नलाग्न अन्तिम समयसम्म आग्रह गरिन। तर आफ्नो शक्तिको घमण्डमा अन्धो बनेका रावणले उनको कुरा सुनेनन्।

मन्दोदरी दिनदिनै सीतासँग बसेर दुःखसुखको कुरा गर्दै रुन्थिन्। सीताले पनि उनीलाई साथी बनाई खुलेर सबै कुराहरू भन्थिन्।

रावणको यस्तो अन्धोपना देखेर मन्दोदरीले अझै पनि हार मानेकी थिइनन्, उनलाई विश्वास थियो कि रावण शक्तिशाली छन्। त्यसैले रामसँग युद्ध गर्नको लागि तयार हुँदा मन्दोदरीले रावणलाई शुभकामना पनि दिएकी थिइन्। तर उनलाई थाहा थियो कि भविष्यमा के हुनेछ भनेर।

लङ्कापति रावणको मृत्युपश्चात धार्मिक तथा नैतिकवान स्त्री मन्दोदरीको जीवनमा के भयो ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर