सुन तस्करीमा कनेक्सन : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश सीआईबीको फन्दामा

- भाद्र १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

६१ किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन माथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ । तस्करीमा उनको समेत कनेक्सन देखिएपछि उनलाई अनुसन्धानमा तानिएको स्रोतले बतायो ।

गृह मन्त्रालय स्रोतका अनुसार पुनलाई आइतबार सीआइबीमा बोलाएर सोधपुछ गरिएको थियो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने पनि स्रोतको भनाइ छ । पुन नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव हुन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर