राजावादीको आक्रमण : कांग्रेसका सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला – टाउको पछाडि चोट
- भाद्र २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा सांघातिक आक्रमण भएको छ । रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । यादवको टाउको पछाडि चोट लागेको छ । यादवमाथि धारिलो हतियारले आक्रमण गरिएको बताइएको छ ।
आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सो आक्रमणको कारण खुल्न सकेको छैन । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
घटनाका एक प्रत्यक्षदर्शीले सापकोटाले आक्रमणपछि राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । यस्तै उनले भ्रष्टाचार र कुशासनको पक्षमा पनि नाराबाजी गरेका थिए ।प्रहरीले घटनाबारे जानकारी दिँदै संक्षिप्त नोटमा पनि उनले आफूलाई राजावादी बताएको उल्लेख छ ।
रिपोटर्स क्लबका प्रतिनिधि ईश्वर कार्कीले यादवले रिपोटर्स क्लबमा यादवसहितका नेताहरुसँग सुन तस्करी प्रकरण, मुलुकमा बढ्दो भ्रष्टाचारलगायतका विषयमा साक्षात्कार गरेको थियो । साक्षात्कारमा करिब २५ मिनेट सम्बोधन गरेका यादव त्यसपछि राप्रपाका महामन्त्री डा धवलशमशेर राणासँगै बाहिरिएका थिए । क्लबबाट बाहिरिएर गाडी चढ्नै लाग्दा आक्रमण भएको कार्कीको भनाइ छ ।
आक्रमणकारी सापकोटाले कार्यक्रम अवधिभर क्लबभित्रै बसेर भाषण सुनेका थिए । उनले आफूलाई अभियन्ताको रुपमा चिनाउने र कार्यक्रमहरुमा सहभागी हुने गरेको पाइएको कार्कीको भनाइ छ ।
क्लबबाट यादव बाहिरिएसँगै उनले पिछा गर्दै एकाएक आक्रमण गरेको बताइएको छ। ट्रमा सेन्टरमा उपचाररत यादवलाई उनले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै कार्कीले बताए । यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments