उदाउन थाले राजावादी : बिचार गर दलहरु – खलनायकहरुको पहिलो शिकार बने कांग्रेसका सहमहामन्त्री यादव
- भाद्र २०, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको घोर बिरोध कांग्रेसले गरेको छ । अहिले धुमील परिस्थितीमा रहेका राजावादीहरुको समूह नेपालका राजनीतिक दल माथि आक्रमण गर्ने देखी विभिन्न अफवाह फैलाउने कार्यमा सक्रिय छन् ।
दिनभरि एउटा नेताको पछाडी लाग्ने र त्यसपछि आक्रमण गर्ने शैलीमा उत्रीएका राजावादीहरु आफनो मुकुटो बाहिर निकालेर जनतामा त्रास सिर्जना गर्दै छन् । बिगतका मण्डले स्वभावका खलनायकहरु पर्दा पछाडीको राजनीतिमा मस्त छ ।
यिनै खलनायकहरुको पहिलो शिकार बने नेपाली कांग्रेसका सहमहामन्त्री यादव । अहिले सहमहामन्त्री माथि भएको प्रहारलाई कांग्रेसले बिज्ञप्ती आफनो प्रस्तुति दिन थालेको छ ।
कांग्रेस जस्तो भिमकाय दलको सहमहामन्त्री जस्तो व्यक्ति माथि प्रहार हुँदा सत्ता साझेदार रहेको कांग्रेसले कस्तो एक्सन लिन्छ त्यो हेर्न बाँकी छ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएपछि घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनापछि कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।’
कांग्रेसले यादवमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तीर हुन सक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गरेको छ । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments