हाम्रो छिमेकी / जी २० सम्मेलन : चीनले नयाँ नक्सामा आफ्नो सीमामा राखेको भन्दै भारतको बेइजिङसँग कडा आपत्ति – चिनियाँ राष्ट्रपति सी भारत नजाने
- भाद्र २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर ९ देखि १० मा दिल्लीमा हुने जी२० सम्मेलनमा सहभागी हुन भारत नजाने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सका अनुसार भारतको निमन्त्रणामा चिनियाँ प्रधानमन्त्री ली चियाङ उक्त सम्मेलनमा सहभागी हुन दिल्ली जाने छन्। चीनअघि रुसले पनि राष्ट्रपति भ्लादिमिर पुटिन जी२० सम्मेलनमा सहभागी हुन भारत जाने बताइएको थियो।
बेइजिङले औपचारिक रूपमा त्यसको पुष्टि गर्नुअगाडि नै अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना चिनियाँ समकक्षीले सम्मेलनमा सहभागी नहुने योजना बनाएकोमा आफू “निराश“ भएको बताएका थिए।
तर त्यस्तो भेट कहिले होला भन्ने कुरा उनले खुलाएनन्। सी र बाइडनबीच पछिल्लो पटक गत वर्षको जी२० सम्मेलनमा भेट भएको थियो। वार्तालाई पुनर्जीवित गर्न यस वर्ष वाशिङ्टनबाट कयौँ कूटनीतिक भ्रमणहरू भए तापनि अमेरिका–चीन सम्बन्ध तनावपूर्ण अवस्थामा छ।सोमवारको पत्रकार सम्मेलनमा सीको सहभागिताबारे स्पष्टसँग सोधिँदा चिनियाँ विदेश मन्त्रालयले कूटनीतिक उत्तर दियो।
“ली चियाङले जी२० सम्मेलनमा प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। यो एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च हो। चीनले सधैँ त्यसलाई महत्त्व दिने र सक्रिय सहभागिता जनाउने काम गरेको छ,“ मन्त्रालयका प्रवक्ताको भनाइ थियो।
यो विषयमा जानकार तर नाम उल्लेख नगरिएका स्रोतहरूलाई उल्लेख गर्दै गत सातादेखि नै सीले जी२० मा सहभागी नजनाउने योजना बनाएको समाचार प्रकाशित हुँदै आएको छ।
दुई देशबीच हिमाली क्षेत्रमा विवादित सीमाका कारण तनाव बढेको छ। गत साता अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कैयौँ भूभागलाई चीनले नयाँ नक्सामा आफ्नो सीमामा राखेको भन्दै भारतले बेइजिङसँग कडा आपत्ति जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments