खेल / फुटबल : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाल र म्यानमारबीच गोल रहित बराबरीमा
- भाद्र २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ। याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन।
खेलको अधिकांश समय म्यानमार नेपालमाथि हाबी रहे पनि गोल गर्न सकेन। यसै खेलबाट नेपालका लागि जिलेप्सीजंग कार्की र हिसुबु थपलियाले डेब्यु गरेका छन्। आर्मीका जिलेप्सीले सुरुआती ११ मै परेका थिए।
जावलाखेलका हिसुबुले सबस्टिटच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। उनले अञ्जन विष्टलाई सबस्टिटच्युट गरेका थिए। लाओसविरुद्ध अर्को महिना हुने एसियाली विश्वकप तथा एसियाकप छनोटको तयारीका क्रममा नेपाल दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि म्यानमार गएको हो।
अब दोस्रो खेल सोमबार हुनेछ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments