महादेवको त्रिशूलले कस्तो महत्व बोकेको छ ?
- भाद्र २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हिन्दु धर्ममा ‘महादेव’ शिवजीलाई त्रीमूर्तीदेव (ब्रह्मा, विष्णु र महेश्वर) मध्ये प्रमुख ईश्वरको रूपमा चिनिन्छ। साथै हिन्दु धर्ममा यी त्रीमूर्तीदेव मध्ये ब्रह्मादेवलाई ‘सृष्टिकर्ता’, भगवान विष्णुलाई ‘पालनकर्ता’ अनि महादेवलाई ‘संहारकर्ता’को रूपमा पनि चिनिन्छ।
हरेक देवको आ-आफ्नै मूल अस्त्र हुन्छ। ब्रह्मादेवको अस्त्र ‘ब्रह्मास्त्र’ हो भने विष्णुको ‘सुदर्शन चक्र’ हो, त्यसै गरि शिवजीको मूल अस्त्र भनेको ‘त्रिशूल’ हो। यसलगायत महादेवसँग जोडिएका अन्य कुराहरूमा अर्धचन्द्राकार, जटामा रहेकी गङ्गादेवी अनि डमरु पनि पर्दछन्।
आजको धर्म अङ्कमा तपाईँहरूलाई महादेवले बोक्ने अस्त्र ‘त्रिशूल’को महत्वको बारेमा केहि जानकारी दिन गैरहेका छौँः
- संस्कृत शब्द ‘त्रिशूल’लाई अर्थ्याउँदा ‘तीनवटा भाला’ हुन जान्छ। हिन्दु धर्ममा यी तीन भालाको छुट्टाछुट्टै महत्व रहेको छ।
- त्रिशूलका तीन टुप्पाले हिन्दु धर्ममा ‘त्रिगुण’लाई बुझाउँदछ- सृष्टि, संरक्षण र संहार। साथै यसले त्रीमूर्तिदेवको पनि सङ्केत गर्दछ।
- विभिन्न धर्मग्रन्थका अनुसार, त्रिशूलले त्रीदेवीलाई पनि जनाउँदछ- सरस्वती, लक्ष्मी र काली यी त्रीदेवी भनेकै त्रिमूर्तीदेवका स्त्रीरूपहरू हुन्।
- त्रिगुणमा ‘रज’, ‘तम’ र ‘सत्व’ पनि पर्दछ। अनि त्रिशूलको तीन टुप्पाले यी तीन गुणको पनि सङ्केत गर्दछ।
- हिन्दु धर्ममा के पनि उल्लेख गरिएको छ भन्दा यो ब्रह्माण्डमा तीन वटा लोकहरू छन्ः स्वर्गलोक, भूलोक र पातललोक। महादेवको त्रिशूलले यी तीन लोकलाई पनि जनाउँदछ।
- समयको कुरा गर्नुपर्दा, त्यहाँ तीन प्रकारका समयकाल हुन्छन्- भूत, वर्तमान र भविष्य। यी तीन समयकाललाई त्रिशूलको तीन टुप्पाले प्रतिनिधित्व गरिरहेको हुन्छ।
- अध्यात्मवादका अनुसार मानिसमा तीन थरीका चेतना हुन्छन्- शारीरिक, मानसिक र आध्यात्मिक चेतना। महादेवको त्रिशूलले यी तीनै चेतनालाई जनाउँदछ।
- हिन्दु धर्ममा शिवलाई किन ‘संहारकर्ता’ भनिएको हो त भन्दा जब तीनै लोकमा अशान्ति छाउनेछ, सत्गुणको नाश भएर अवगुणको सिर्जना हुनेछ अनि राम्रोको ठाउँमा नराम्रोले बास गर्नेछ, तब महादेवको त्रिशूलले ती सारा नराम्रा कुराहरूको नाश गरेर सत्य अनि सिर्जनाको विकास गर्नेछ।
लङ्कापति रावणकी धर्मपत्नि धार्मिक तथा नैतिकवान स्त्री मन्दोदरीको जन्म कसरी भयो ?
माथि उल्लेखित जति पनि त्रिगुणहरू छन्ः रज-तम-सत्व, स्वर्ग-भू-पाताल, भूत-वर्तमान-भविष्य, शारीरिक-मानसिक-आध्यात्मिक, ती सबैलाई नाश गरेर एक नयाँ सिर्जनातर्फ लैजाने शक्ति त्रिशूलमा रहेको हिन्दु धर्ममा विश्वास गरिन्छ। त्यसैले नै ती तीन भालामा त्रीमूर्तीदेव ब्रह्मा, विष्णु, महेश्वर अनि त्रीदेवी सरस्वती, लक्ष्मी, काली विराजमान छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments