पोखरा विमानस्थलमा पहिलो पटक व्यावसायिक उडान हुँदै
- भाद्र २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
कास्की ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबारबाट पहिलो पटक व्यावसायिक उडान सुरु हुँदैछ । विमानस्थलका अनुसार शनिबार बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण गर्दैछ ।
दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एयरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोलि भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन्।
ड्रुक एयर पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्नेछ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो ।
नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एयरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्नेछ ।
विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्नेछ ।
सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments