टिकट बाँड्ने अधिकार पार्टीले दाइलाई र दाईले भाउजुलाई दिएकै कारण कांग्रेसमा विकृति बढेको हो : महामन्त्री थापा
- भाद्र २३, २०८० मा प्रकाशित
राजकुमार लामा,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुक संस्थाहरू चलायमान बनाउन पार्टीको महमन्त्रीेको दायित्वको रुपमा आफनो अग्रणी भूमीका रहने बताएका छन् ।
सिन्धुपालचोक महिला संघ कार्यसमितीले आयोजना गरेको महिलाहरुको महान पर्व तिजको बिशेष कार्यक्रमलाई सम्बोधन गर्र्ने क्रममा महामन्त्री थापाले पार्टीको सबैभन्दा पहिलो जग भनेको नै भ्रातृ संस्था भएकाले यसलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए ।
सरकार र सत्ताका लागि कांग्रेस जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेको छ’, थापाले भने, ‘अब हामी जस्तोसुकै समस्या आएपनि कसैसँग तालमेल र गठबन्धन गर्दैनौँ भन्ने निर्णय गर्नु जरुरी छ ।
कांग्रेसमा उम्मेदवार छान्ने तरिका पनि गलत भएको बताउँदै थापाले भने , टिकट बाँड्ने अधिकार दाइलाई दिएकै कारण विकृति बढेको हो ।’ काँग्रेसमा आफूभन्दा उपल्लो पदको नेतालाई दाइ सम्बोधन गर्ने चलन छ । दाइको श्रीमतीलाई भाउजू भनिन्छ अनि भाउजुबाट पार्टी नियन्त्रण हुन्छ । महामन्त्री थापाले कांग्रेस भित्र समान न्याय छैन बिभेद छ ।
पार्टीलाई ठिक ठाउँमा ल्याउनको लागी उम्मेदवार छनौट प्रक्रिया सम्वन्धि पार्टी तहमा अघिकार दिनु पर्छ अधिवेशन ताका नेतृत्व छान्न चाही सकिने भने जनतामा जाने उम्मेदवार किन तल्लो तह लाई अधिकार दिएर पार्टीको हरेक कमिटीलाई जिम्मेवार किन नबाउने ? महामन्त्री थापाको भनाई थियो ।
कुनै ठुलो राजा महाराजाको संरक्षण पाएर जमिनमा खुट्टा टेक्न नपर्ने प्रवृत्तिलाई अन्त्य गर्न जमीनमा खुट्टा टेकाउनको लागि तपाइँको घर नआइ तपाइँलाई जय नेपाल नभनी वा नढोगी हुँदैन। तपाइँलाई ढोग्नु भनेको प्रकारान्तरले राजनीति नेतातिर फर्केकोलाई उल्टाएर तपाई तिर फर्काउनु हो,’ उनले भने।
दाइले पाएको टिकट वितरणको अधिकार भाउजूमा पुग्ने, त्यसले कार्यकर्तालाई न्याय नहुने बताउदै पार्टीमा विवाद उत्पन्न हुने कारक नै यही हो यो परिपाटीलाई १५ औँ महाधिवेशनबाट बदल्ने हामी सबैले हिक्मत गर्नु पर्छ।
कांग्रेसका नेतृत्वमा जितेका स्थानीय तह तथा प्रदेश सरकारले जनताको कामलाई प्राथमिकताका साथ गर्न सके पनि आगामी चुनाव जित्न सहज हुनेछ हामीलाई कुनै गठबन्धन वा चुनाबी बैशाखी नचाहिने पनि महामन्त्री थापाले बताए ।
जिल्लाका केही नेताहरूमा ब्यक्तिबादी चरित्रको कारणले गर्दा सिन्धु कांग्रेसमा बिचलन आएको जस्तो लागे पनि यसलाई चिरेर अघि बढ्ने सिन्धु कांग्रेसका सभापति ङ्गबहादुर लामाले बताए ।
महिला संघ सभापति गीता नेपालको अध्यक्षतामा भएको तिज बिशेष कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, बागमती प्रदेशका सभापति ईन्द्र बानिया, प्रदेश सहमन्त्री हरिशरण श्रेष्ठ ,युवा नेता सगुन श्रेष्ठ लगायत जिल्ला स्तरिय नेताहरूले कार्यक्रममा सहभागीता थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments