चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्ति : स्वाधीनतालाई खतरामा पारेको भन्दै काठमाडौँमा विरुद्ध प्रदर्शन
- भाद्र २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेङ सोङको विवादास्पद अभिव्यक्तिविरुद्ध नाराबाजी गर्दै काठमाडौँमा र्याली निकालेको छ ।
प्रदर्शनकारीले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, ऋणजाल चाहिदैन, देश डुबाउन पाइदैन जस्ता नारा लगाएका थिए । अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा निकालिएको रैली बबरमहलबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
संविधानसभा सदस्य एवं अभियानका वरिष्ठ नेता विपी यादवले चीनले तिब्बत र ताइवानजस्तै नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाए । उनले नेपाल–चीन सम्बन्ध बढाउनु भन्दा पनि नेपाललाई कसरी ऋणको जालमा फसाउने भन्ने विषयमा चिनियाँ राजदूत बढी सक्रिय रहेको आरोप लगाए ।
चिनियाँ राजदूत सोङले नेपाललाई भारतसँगको आर्थिक सम्बन्ध घटाएर चीनसँग थप घनिष्ठ हुन सुझाव दिनु अशोभनीय रहेको बताए। नेता यादवले चिनियाँ राजदूतको भनाइले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दै देशको राष्ट्रिय स्वाधीनतालाई खतरामा पारेको थपे। उनले यस विषयमा नेपाल सरकारले कडा कदम चाल्दै चिनियाँ राजदूतलाई फिर्ता पठाउन माग समेत गरे।
अभियानका महासचिव डा प्रभात कुशवाहाले र्यालीको उद्देश्य चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेपाल सरकारलाई चीनसँगको सम्बन्ध पुनरावलोकन गर्न आग्रह गर्नु रहेको बताए । उनले नेपालले चीनको आर्थिक र राजनीतिक प्रभावबाट जोगिन र भारतसँगको परम्परागत सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।
र्यालीमा सहभागी अन्यले पनि चिनियाँ राजदूतको भनाइको निन्दा गर्दै उनलाई फिर्ता पठाउन नेपाल सरकारसँग माग गरेका थिए । उनीहरूले चीनले नेपाललाई उपनिवेश बनाउने र देशको स्वाधीनतालाई खतरामा पार्न खोजेको बताए ।
रैलीमा अभियानको महिला संयोजक रीता साह, मधेश सम्पर्क समिती काठमाडौका संयोजक बिनोद सिंह, सल्लाहकार जयनारायण यादव, अभियानका युवा नेता धीरज गिरी, राष्ट्रिय विद्यार्थी परिषद्का महादचिव पप्पु यादव, अभियानीहरू सूजन यादब, गणेशकुमार सिंह, चन्द्रमोहन सिंह लगायत सहभागी भए।
चिनियाँ राजदूत चेन सोङले सेप्टेम्बर ३, २०२३ मा एक सम्बोधनको क्रममा नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई घटाएर चीनसँग थप घनिष्ट सम्बन्ध राख्न आवश्यक रहेको बताएका थिए। उनले नेपालले भारतसँगको व्यापार घाटा भोग्दै आएको र यसको उत्पादन क्षेत्र संकुचित हुँदै गएको बताए । उनले चीनबाट नेपालले आर्थिक विकासको पाठ सिक्नुपर्ने बताए ।
चेङको भनाइको नेपालमा चौतर्फी आलोचना भइरहेको छ । धेरैले उनलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र देशको स्वाधीनतालाई खतरामा पारेको आरोप लगाएका छ्न् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments