•  २६ पुष २०८१, शुक्रबार

ललिता निवास प्रकरण : धरौटी तिर्न नसकेपछि अरूणकुमार कारागार चलान

- भाद्र २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ललिता निवास प्रकरणमा एक जना पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो।

१७ जनामध्ये नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्।

अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर