गृहमन्त्री श्रेष्ठ शिक्षण अस्पतालमा : सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने
- भाद्र २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् । उनी केहीबेर अघि अस्पताल पुगेका थिए ।
स्रोतका अनुसार केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ । त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ ।
अन्तिम सम्मानसम्बन्धी कार्यविधिमा तोकिएका बाहेक अरुको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments