हाम्रो छिमेकी : हिंसाको चपेटामा मणिपुर, बन्दुकधारीको गोली प्रहारबाट तीन जनाको हत्या
- भाद्र २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् ।
“बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनै जना गाडीमा यात्रा गरिरहेका बेला जिल्लाको काङगुई क्षेत्रमा आक्रमण भएको थियो,” एक अधिकारीले भने ।
आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ । गत शुक्रबार तेङनौपाल जिल्लाको पल्लेल सहरमा भएको हिंसामा दुई जनाको मृत्यु भएका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए ।
गैर–आदिवासी मेइतेइ समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा जनजातीय प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर मे ३ देखि हिंसाको चपेटामा परेको छ ।
हिंसाले उनीहरूलाई शिक्षा र सरकारी जागिरमा आरक्षण प्रदान गर्दछ । उत्तरपूर्वी राज्यमा जारी हिंसामा हालसम्म १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । बहुसङ्ख्यक मेइतेई समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीचको जातीय द्वन्द्वका कारण ६० हजार मानिस विस्थापित भएका छन् ।
राज्यमा भीडले तोडफोड र आगजनीको सहारा लिइरहेका छन् र यस क्रममा सयौं घर र पसलहरू जलेर नष्ट भएका छन् । हिंसाका क्रममा प्रहरी चौकी र शस्त्रागारबाट पनि ठूलो सङ्ख्यामा हतियार लुटिएको सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments