सीता रावणकी छोरी हुन, त्यसकारण हरण भयो विवाह भएन
- भाद्र २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हामीले रामायणमा पढ्दै आएका छौ, सीता जनककी छोरी हुन् । उनलाई राजा जनकले खेत खन्ने क्रममा भेट्टाएका थिए । सीतालाई भेटेपछी जनक राजा बनेका थिए । यही विषयमा विभीन्न टेलिसिरियलहरू समेत बनेका छन् । तर, एकाएक सीता जनककी छोरी नभई रावणकी छोरी भएको बताइएको छ । यसले सबैलाई चकित बनाएको छ ।
हामीले पढ्दै आएको र हेर्दै आएको रामायणमा सीता जनककी छोरी भएको बताइँदै आएको छ । तर थाइल्यान्डको रामायण ‘रामाकिएन’मा भने सीता जनककी नभई रावणकी छोरी हुन् । सीता रावणको छोरी भएको र सोही छोरीका कारण आफ्नो वंश नाश हुने थाहा पाएपछी रावणले सीतालाई समुन्द्रमा बगाइदिएको थाइल्याण्डको उक्त रामायणमा उल्लेख गरिएको छ । समुन्द्रमा बगाइएकी सीता समुन्द्र किनारमा आईपुगिन् जहाँ जनक तपस्या गरिरहेका थिए ।
थाइल्याण्डको रामायणमा बताइए अनुसार रावणलाई सीता उसकी छोरी भएको थाहा थिएन् । सोही कारण सीतालाई विवाह गर्नका लागि सीताको स्वंयवरमा भाग लिन आइपुगेका थिए । तर, आफ्नै छोरीसँग विवाह हुनु सम्भव नभएकाले सीताको विवाह सीता आफ्नो छोरी भएको रावणलाई थाहा नहुँदै रामसँग भएको थियो । उनै सीताका कारण राम र रावणबीच युद्ध भएको र सीताकै कारण रावणको वंश नाश भएको थाइल्याण्डको रामायणमा उल्लेख छ ।
थाइल्याण्डका पहिलेका मानिसहरूले रामायणमा उल्लेख गरिएका अयोध्या, लंका र जनकपुर जस्ता सबै ठाऊँ थाइल्याण्डमा नै भएको अनुमान गर्ने गरेको समेत बताइएको छ । तर, जब नेपाल तथा भारतबाट मानिसहरू त्यता पुगे र यस बिषयमा चर्चा हुन थाल्यो तब त्यहाँका मानिसहरुले पनि बल्ल लंका, अयोध्या, जनकपुर भनेको आफ्नो देशमा नभइ अन्यत्रै रहेछ भन्ने थाहा पाएका थिए ।
हिन्दु धर्ममा जीवन र मृत्युलाई कसरी व्याख्या गरिएको छ ? मृत्यु पछि के हुन्छ ?
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments