सुन तस्करी प्रकरण : सिआइबीले करिब ४० दिन लगाएर अनुसन्धान प्रतिवेदन बुझाउँदै
- भाद्र २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सिआइबीले अभियुक्तविरुद्ध ६० किलो ७१६ ग्राम सुनको मूल्यबराबरको बिगो दाबी गरेको छ । बुधबारको बजार भाउअनुसार बिगो दाबी गरिएको सुनको मूल्य ५६ करोड ४४ लाख रुपैयाँ पर्छ । ‘घटनामा ३० अभियुक्त पक्राउ परेका छन् । उनीहरूविरुद्ध बरामद भएको सुनको मूल्यबराबर बिगो दाबी माग गरिएको छ । यो भनेको करिब ५६ करोड ४४ लाख हुन आउँछ ।
करिब ४० दिन लगाएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन तस्करीसम्बन्धी अनुसन्धान टुंग्याएको छ । सिआइबीले अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्दै छ । तस्करी प्रकरणमा ३० जना अभियुक्त छन् ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले ६० किलो सुुनको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिने बताएका छन् । ‘६० किलो सुन तस्करीसम्बन्धी अनुसन्धान सकिएको छ । अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा पेस हुनेछ ।
सिआइबीले २१ साउनदेखि अवैध सुन चोरी पैठारी तथा संगठित अपराधअन्तर्गत ६० किलो सुन तस्करीको अनुसन्धान गर्दै आएको छ । बरामदपछि राजस्व अनुसन्धान विभागले ६० किलो सुन अनुसन्धानको सम्पूर्ण मिसिल सिआइबीलाई बुझाएको थियो । त्यसयता घटनामा संलग्न १२ अभियुक्त पक्राउ परेका छन् । सुन राखिएका विभिन्न पाँच गोदाममा छापा मारिएको थियो ।
सिआइबीका अनुसार घटनामा तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र चिनियाँ नागरिक याओ पुचेङलाई मुख्य अभियुक्त बनाइएको छ । त्यस्तै, मुख्य बिचौलियाका रूपमा रहेका चिनियाँ नागरिक टियान मी, वेन तोङ, डिङ सेग्फा, ली नेङकाई, ली वेन सुङ, किशोर बस्नेत, सुमन खरेललाई खास अभियुक्त बनाइएको छ ।
त्यसबाहेक पक्राउ परेका गणेश पौडेल, रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जिक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, अधिकृत पुष्पा जोशी, नायब सुब्बाद्वय वीरेन्द्र नेपाली र कमल परियारलाई तस्करीका मुख्य मतियारका रूपमा खडा गरिएको छ ।
सिआइबीले अभियुक्तविरुद्ध ६० किलो सात सय १६ ग्राम सुनको मूल्यबराबरको बिगो दाबी गरेको छ । बुधबारको बजार भाउअनुसार बिगो दाबी गरिएको सुनको मूल्य ५६ करोड ४४ लाख रुपैयाँ पर्छ । ‘घटनामा ३० अभियुक्त पक्राउ परेका छन् । उनीहरूविरुद्ध बरामद भएको सुनको मूल्यबराबर बिगो दाबी माग गरिएको छ । यो भनेको करिब ५६ करोड ४४ लाख रुपैयाँ हुन आउँछ,’ सिआइबी स्रोतले भन्यो ।
राजस्व अनुसन्धान विभागले गत ३ साउनमा विमानस्थलस्थित भन्सार कार्यालयबाट बाहिरिँदै गरेको मोटरसाइकल तथा स्कुटरको ‘ब्रेकसु’ बरामद गरेको थियो । सोही ब्रेकसुभित्र लुकाएर ६० किलो सुन तस्करी गरिएको थियो । उक्त सुन हङकङबाट विमान हुँदै काठमाडौं ल्याइएको थियो ।
अपराध अन्तरदेशीय प्रकृतिको देखिएपछि अनुसन्धानका लागि सिआइबीले पहिलोपटक एसएसपी दिनेश आचार्यलाई गत १२ भदौमा हङकङ पठाएको थियो । अनुसन्धानपछि एसएसपी आचार्य नेपाल फर्किसकेका छन् । त्यस्तै, घटनाको अनुसन्धान गर्न सिआइबीले डिएसपी धर्म भण्डारीलाई भने भारत पठाएको छ । उनी पनि अनुसन्धान सकेर नेपाल फर्किसकेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments