सुन प्रकरण : राहुलको सम्पर्क दाओजिङ वाङ सँग – भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री
- भाद्र २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौैं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक लुई र दाओजिङ वाङको कृष्णबहादुर महराका छोरा राहुलसँग सम्पर्क देखिएको थियो ।
भन्सारबाट भेप छुटाउने प्रयास गरेका राहुललाई प्रहरीले पक्राउ गरिसकेको छ । विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेका चिनियाँ नागरिक दाओजिन वाङलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाएको छ ।
सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । प्रतिवेदन बुझाउनुअघि सीआईबी प्रमुख किरण बज्राचार्यले भेप प्रकरणमा मुछिएका दाओजिनलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाइएको जानकारी दिइन् । उनी हाल फरार छन् ।
सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । ३२ जना हिरासतमा छन् भने १८ जना फरार छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments