१५ औं महाधिवेशन २०८२ मंसिर : टिकट वितरण गर्ने अधिकार क्रियाशील सदस्यलाई नहुँदा पार्टीमा गुटको राजनीति – महामन्त्री थापा
- भाद्र २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
पोखरा ।
नेपाली कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था गरिएको छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकाले १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ । तर क्रियाशील सदस्यता विवादले गर्दा कांग्रेसको महाधिवेशन विधानले तोकेको समयभित्र हुन सकेको छैन । महाधिवेशनको विषयलाई कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै छाड्ने बताएका छन् ।
बुधबार पोखरा महानगरपालिकाको सम्मेलनमा बोल्दैै महामन्त्री थापाले यसपटक विधानले तोकेको समयभन्दा पछि नसर्ने दाबी गरेका हुन् । उनले भने, ‘२०८२ मा महाधिवेशन गर्नैपर्छ । २०८२ सालको मंसिर उता महाधिवेशन एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन । जान दिइन्न ।’ पार्टीमा क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी महामन्त्री थापालाई छ । उनले २०८२ वैशाखअघि नै क्रियाशील सदस्यता टुंग्याउने दाबी गरेका छन् ।
महाधिवेशन हुने वर्षमा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने उनले बताए । थापाले भने, ‘क्रियाशील सदस्यता टुंगाउन म संयोजक हुँ । सबैले काम गरेर अधिवेशन गराउने हो ।’
चार वर्षभित्र महाधिवेशन हुँदा २०८३ सालमा सबै तहका सम्मेलन गर्न सकिने उनले बताए । तहगत सम्मेलनबाट तल्लो तहका संरचनाले निर्वाचनका लागि आफैं उम्मेदवार छान्न सकिने महामन्त्री थापाले बताए । टिकट वितरण गर्ने अधिकार क्रियाशील सदस्यलाई नहुँदा पार्टीमा गुटको राजनीति हुने गरेको उनको भनाइ छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments