विश्व सेरोफेरो : अपार्टमेन्ट बन्द हुँदा भाग्ने कुनै बाटो नभएर पीडितहरू आगोमा फस्दा दर्जनौं व्यक्तिको मृत्यु
- भाद्र २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
हनोई ।
भियतनामको राजधानी हनोईको एक आवासीय भवनमा आगलागी हुँदा दर्जनौं व्यक्तिको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् । मोटरसाइकलले खचाखच भरिएको १० तले भवनको पार्किङ फ्लोरमा स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् । भियतनामको सरकारी समाचार एजेन्सीका अनुसार १०० भन्दा बढी व्यक्ति भाग्न सफल भएका छन् वा उद्धारकर्ताहरूले उनीहरूलाई भवनबाट बाहिर निकालेका छन् । अधिकारीहरूले ५४ जनालाई अस्पताल पु¥याएका छन् ।
सार्वजनिक सुरक्षा उपमन्त्रीले भान टुयेनले आगलागीबाट ठूलो जनधनको क्षति भएको बताएका छन् । मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको बताइएको छ । “मैले सहायताको लागि धेरै चिच्याएको सुनें । हामीले उनीहरूलाई केही सहयोग गर्न सकेनौं,” भवन नजिकै बस्ने होवा नाम जनाउने एक महिलाले भनिन ।
“अपार्टमेन्ट यति बन्द छ कि भाग्ने कुनै बाटो छैन, पीडितहरूलाई बाहिर निस्कन असम्भव छ,” उनले एएफपीसँग भनिन ।
एएफपीका फोटोग्राफरहरूले रातभर घटनास्थलमा खिचेका तस्बिरहरूमा भवनको कौसीहरूबाट आगोको ज्वाला र धुवाँ निस्केको देखिन्छ ।
बुधबार बिहानसम्म आगो निभाइएको थियो तर दक्षिणपश्चिम हनोईको एक आवासीय क्षेत्रको साँघुरो गल्लीमा रहेको उक्त भवनमा पुग्न उद्धारकर्मीहरूले घन्टौंसम्म संघर्ष गरेका थिए ।
उक्त कम्प्लेक्समा करिब १५० जना मानिस बसोबास गर्दै आएको अधिकारीहरूले बताएका छन् । अर्का प्रत्यक्षदर्शी हुओङका अनुसार आगोबाट बच्न एउटा कोठाबाट सानो बालकलाई फ्याँकिएको थियो । उनले भने , “जताततै धुवाँ थियो । त्यहाँ एउटा सानो केटो अग्लो तलाबाट फ्याँकिएको थियो, मलाई थाहा छैन ऊ बाँच्यो वा बाँचेन, यद्यपि मानिसहरूले उसलाई सुरक्षित गर्न एउटा म्याट्रेसको प्रयोग गरेका थिए ।”
(रासस / सिन्ह्वा)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments