आफनो पिता आफै भगवान शिव
- भाद्र २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भगवान शिवका पिता को हुन ?धार्मीक मान्यता राख्ने हरेकको कौतुहलताको प्रश्न हो यो । जसरी प्रश्नले कौतुहलता जगाउँछ । त्यसरी नै उत्तरले रोचकता दिन्छ । किनकी धार्मीक मान्यता अनुसार अहिले सम्म पनि कसैलाई थाहा छैन कि भगवान शिवका माता को हुन् पिता को हुन् ?
भगवान शिव अनादी र अनन्त हुन् । शिवको कुनै जन्म छैन भने अन्त्य पनि छैन् । प्रश्नै प्रश्नमा परापूर्वकालमा एक दिन एक साधुले भगवान शिवलाई प्रश्न तेर्साएछन् । प्रभु हजुरको मातापिताको छोटो जानकारी पाए हुन्थ्यो । प्रश्नको उत्तर दिने क्रममा भगवान शिवले जवाफ दिए ,ब्रह्मा जी मेरो पिता हुन् । फेरी ती सन्तले प्रश्न गरे तपाईको हजुरबुबा को हुनुहुन्छ ? भगवान शिवले उत्तर दिए भगवान विष्णु मेरो हजुरबुबा हुनुहुन्छ । ‘तपाइको जिजुबुवा को हुनुहुन्छ ?’ शिवले स्तब्ध पार्दै भने, म स्वय हुँ । यो पढेपछि तपाइको दिमाग चक्कराउन सक्छ तर शिवको कथा एक वृत हो । वृतको कुनै सुरुवात हुँदैन, अन्त्य पनि हुँदैन ।
शिवको जन्म बारे अर्को कथा
एक दिन ब्रह्मा र विष्णु भगवान बिच शक्तिशाली वादविवाद हुँदै थियो । अकस्मात प्रकाशको एक खम्बा प्रकट भयो । सो प्रकाशको खम्बा यति ठूलो थियो कि पृ्थ्वी, आकास र क्षितिजसम्म फैलिएको थियो । ब्रह्मा र विष्णुले सो खम्बाको सुरु र अन्त्य भेट्न सकेनन । अनि द्धविधामा परे। केही समय पश्चात सो खम्बाबाट भगवान शिव प्रकट भए । यो पुरै कहानीले पनि शिवको सुरु र अन्त्य नभएको बताउँछ । अब बुझ्नुहोस् शिवको सुरु र अन्त्यको बारेमा ।
स्रोत : धार्मीक शास्त्र
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments