राजनीति / देउवा र दाहालको सम्वन्ध : हे दोस्ती हम नहिं तोडेंगे- सत्ता र शक्तिको लागि मात्र

- भाद्र २८, २०८० मा प्रकाशित


सुधीर नेपाल ।

अलगधार, अलगध्रुव र अलग सिद्धान्तका पात्रहरुको दोस्ती देखेर राजनीतिक बिज्ञानका बैज्ञानिकहरु अचम्म मान्न थालेका छन्

आफनो फाइदा हुन्जेल त्यो जसलाई पनि आफनो वरपर घुम्न दिने तर जब त्यो व्यक्ति आफनो सर पर्न छाड्छ त्यसको उछितो काड्न तर्फ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लागि हाल्छन् । दाहालका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिन्छ । हुन् राजनीति गर्नेको एउटा बानी नै हुन्छ । त्यो हो बोलीले मिठो बोल्ने भित्री आत्मामा कुण्ठा जगाउने ।

हो यही कुण्ठाले भरिएको छ दाहालको राजनीतिक यात्रा । दाहालको यही राजनीतिक यात्राको एउटा सारथी बनेका छन् नेपाली कांग्रेस (नेका)को सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । सोझो र मनमा लागेको कुरालाई नडराई बक्न सक्ने साहसी नेताको उपमा पाएका नेका सभापति देउवा अहिले दुलो भित्रबाट टाउको निकालेर भित्र बाहिर भित्र बाहिर गरिरहने मुसा सरह भएका छन् ।

कारण राजनीतिक र पदीय स्वार्थ । हो यही राजनीतिक र पदीय स्वार्थको कारण अहिले सभापति देउवाको दिल दिमागमा नचाँहिदो अराजक राजनीतिको भूत सवार भएको छ । सभापति देउवामा सवार भूतको मुख्य लक्ष्य भनेको गठबन्धनको बैसाखी टेकेर एकपटक प्रधानमन्त्री बन्ने मात्र हो अन्य केही होइन् । सभापति देउवाको यो राजनीतिक पदचापले कस्तो मोड लिन्छ । त्यो हेर्न बाँकी नै छ ।
तर यहाँ ब्याख्या गर्न खोजीएको कुरा के हो भने अहिले दुई अलगधार अलगधुव्र र अलगसिद्धान्तका दुई राजनीतिक महात्माहरु देउवा र दाहालको बारेमा हो । अहिले देउवा र दाहाल यति घनिष्ठ भएका छन् । यी दुई नेता अतितलाई बिर्सिएको भान हुन्छ ।
कुनै दिन थियो तिनै देउवाले माओेवादी रणयुद्धको नेतृत्व गरेका प्रधानमन्त्री दाहालको टाउकोको मोल तोकेका थिए । उता दाहाल कांग्रेस नेतृत्वमा रहेकाहरुको उछिटो काढ्थे । कुनै समय थियो ।

कांग्रेसले पाए कांग्रेसले माओवादीले पाए माओवादीले एक अर्कालाई सिद्धाउने खेलो गर्थे । अझ माओवादी द्धन्दकालमा प्रधानमन्त्री भएका देउवाले माओवादीलाई जसरी भएपनि साइजमा ल्याउने प्रयत्न गरिरहन्थे । तर अहिले यिनै अलगधार, अलगध्रुव र अलग सिद्धान्तका पात्रहरुको दोस्ती देखेर राजनीतिक बिज्ञानका बैज्ञानिकहरु अचम्म मान्न थालेका छन् ।
राजनीति भनेको स्वार्थ परक सिद्धान्तमा कसिएको यस्तो डोरी हो जस्मा स्वार्थ देखी अन्य केही लुकेको हुँदैन । यही स्वार्थ सिद्धान्तको कसीलो दोस्ताना हो देउवा र दाहालको सम्वन्ध ।

उपत्यका बाहिरको जिल्ला चितवनबाट सुरु भएको देउवा र दाहालको दोस्तीले अहिले कसिलो रुप लिएको छ । जुन सम्वन्ध अब बिग्रने छैन भन्ने बताउँछन् राजनीतिका पण्डितहरु । किनकी माथि भनिसकिएको छ राजनीति भनेको स्वार्थ परक सिद्धान्तमा आधारित छ । यही सिद्धान्तलाई अवलम्बन गरेर अहिले देउवा र दाहाल आफनो दोस्तानालाई अगाडी बढाई रहेका छन् । भने त्यो राजनीतिक स्वार्थ भनेको सबैले बुझेको कुरा हो सत्ता । खाली सत्ता र शक्तिमा मात्र देउवा र दाहालको दोस्ताना टिकिरहेको छ भन्ने कुरा हरेक सामान्य भन्दा सामान्य व्यक्तिहरुलाई थाहा भएको कुरा हो ।
नेपालको राजनीतिक हिसाबकिताबमा जोड घटाउको खेलोमा प्रफ्ेक्ट मानिएका म्याथम्याटिक्सका चतुर खेलाडीको उपमा पाएका सरकारको नेतृत्वकर्ता दाहाल जहिले पनि नेपाली राजनीतिलाई आफ्नै वरिपरी घुमाउन सक्ने क्षमता भएका राजनीतिक पुरुष हुन् । अहिले जसरी दाहालले राजनीतिक दलका बरिष्ठ राजनेताहरुलाई दौडाई रहेका छन् । त्यसले नेपालको राजनीतिक भविष्य कसको हातमा रहेछ भन्ने कुराको राम्रै संकेत गर्छ । तर संकेतलाई परिणाम दिन दाहाल एक्लैले गर्न नसक्ने भएकोले दाहालले देउवालाई आफनो चेपुवामा राम्ररी अल्झाएका छन् । किन कि यी दुबै सत्ता र शक्ति बिना एक मिनेट पनि टिक्न नसक्ने पुरुषहरु हुन् ।
कांग्रेसका सभापति रहेका पूर्व प्रधानमन्त्री देउवाको अहमताको सिकार र फरक धारका राजनीतिमा नचाहिँदो जोडघटाउको प्रत्यक्ष असर आम कांग्रेस भोग्नुपर्ने अवस्था नआउला भन्न सकिदैन । भलै देउवाले दाहाल प्रति देखाएको ललिचोे र चम्किलो दोस्तानाले देउवालाई क्षणिक फाइदा भएपनि अन्नतमा यसको परिणामा भोग्ने भनेको कांग्रेसले नै हो । किन कि जसरी अहिले देउवाले दाहाललाई आँखा चिम्लेर हे दोस्ती हम नहि तोडेंगे पारामा दोस्ती अगाडी बढाएका छन् । त्यसले देउवालाई भन्दा दाहाललाई बढि फाइदा हुने देखीन्छ । जुन कुरा माथिल्लो पंक्तिमा पनि आइसेकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर