नेम्वाङको अन्तिम बिदाई : आर्यघाटमा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिती

- भाद्र २८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिमा पशुपति आर्यघाटमा सयौं सर्वसाधारण पुगेका थिए ।
बिहीबार दिउँसो नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट पशुपति आर्यघाट लगि अन्त्येष्टि गरिएको हो । त्यस क्रममा आर्यघाटमा ठूलो संख्यामा सर्वसाधारण पनि पुगेका थिए ।
विभिन्न राजनीतिक दलका नेता, समाजका अन्य क्षेत्रका गन्य मान्यका साथै सर्वसाधारण पनि चर्को घामको परवाह नगरी नेम्वाङप्रति सम्मान व्यक्त गर्न पुगेका थिए । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो उनलाई नेपाली सेनाको टोलीले सलामी दिएको थियो ।

गत मंगलबार विहान हृदयघातका कारण निधन भएृका नेम्वाङको शव मंगलबार र बुधबार श्रद्धाञ्जलीका लागि नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको थियो । बुधबार दिउँसो लिम्बू समुदायको साँस्कृतिक संस्कारका लागि नेम्वाङको शव उनकै घर बालुवाटारमा राखिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर