कांग्रेस बैठक : के के छन् एजेण्डा ? नेताहरुले सरकारको विकल्पको कुरा गरेपनि बैठक दाहाल सरकारको निरन्तरताकै पक्षमा उभिने
- भाद्र २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौैं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा मंसिरमा हुने महासमिति बैठक केन्द्रित हुनेछ । कांग्रेसले असोज ४ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । साउन १० मा केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै सभापति शेरबहादुर देउवाले असोज २ गते केन्द्रीय समिति बैठक बस्ने जनाएका थिए ।
बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले असोज ४ का लागि केन्द्रीय कार्यसमिति बैठक सारिएको जानकारी दिए । कांग्रेसका एक केन्द्रिय सदस्यका अनुसार बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ । आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो ।
कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो । यस्तै कांग्रेसले भदौ २४, २५ र २६ गते भव्यताका साथ बीपी साहित्य महोत्सव आयोजना गर्यो । २४ र २५ गतेको सेसन सम्पन्न भए पनि २६ गतेका लागि तय भएका सेसन रोकिएका छन् । संविधानसभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि कांग्रेसले बीपी साहित्व महोत्सव असोज ३ गतेसम्मका लागि स्थगित गरेको छ ।
असोज ३ गते अन्तिम सेसनका कार्यक्रम हुने कांग्रेसले जनाएको छ । यसका साथै केन्द्रीय समिति बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ ।
कांग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक लेखा लगायतका विविध प्रतिवेदनमाथि केन्द्रीय समिति बैठक केन्द्रित हुने केन्द्रिय सदस्यले कासिन न्यूज सँगको कुराकानीमा बताए ।
केन्द्रीय समिति बैठक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा उभिने छ । नेता शेखर कोइरालाले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । ‘केही नेताहरुले सरकारको विकल्पको कुरा गरेपनि बैठक प्रचण्ड सरकारको निरन्तरताकै पक्षमा उभिने छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments