सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको दोस्रो अधिवेशन सम्पन्न

- भाद्र २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको दोस्रो अधिवेशन सकिएको छ । प्रतिष्ठानका केन्द्रिय अध्यक्ष अजित क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशन विधुतिय माध्यम ( जुम मिटिङ्ग )बाट गरिएको थियो । संस्थामा मनोनयनमा परेका साहित्यकर्मीहरुबाट बुद्धिबल श्रेष्ठको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ ।
कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष विवेक दुलाल क्षेत्री , सस्थापक समर चेम्जोङ आभास ,जिरेन थुलुङ , जिपि तिवारी, राजेशराज गड्तौला , चन्द्र साम्बाहाम्फे ,राजु भण्डारी ,राज यात्री लम्साल लगायत झन्डै २ दर्जन स्रष्टाको उपस्थिति रहेको थियो ।
नेपाल शाखाका नव निर्वाचित अध्यक्ष बुद्धिबल श्रेष्ठले छिट्टै भौतिक कार्यक्रम गरि सस्थालाई अझै बलियो बनाउने र विस्तार गर्ने तर्फ के कसो गर्न सकिन्छ भन्ने धारणा राखेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर