पहिरनको अवस्थालाई नियाँल्ने पनि खुश नियाँल्न लगाउने पनि खुश भएन त मजा ।।।

- भाद्र २९, २०८० मा प्रकाशित


काठमाडौं ।
सिम्रन आफैमा रमाइलो गर्नु पर्ने र सामाजिक सञ्जालका लाइनमा आफनो ध्यान केन्द्रित गर्ने युवती हुन् । सञ्जालमा बिशेष ध्यान राख्ने सिम्रनलाई अहिले सञ्जालमा आएको बेथिती देखी भने केही खिन्नता महसुस हुन्छ । तर उनले सामाजिक सञ्जाललाई गला लगाउन भने छोडेकी छैनन ।
उनको रात र दिनको आधा समय सामाजिक सञ्जालका कथन देखेर नै बित्ने गर्छ । कहिले काँहि वाक्क लाग्दो रहेछ सिम्रनलाई त्यो समयमा भने हराउने उनको बानी छ । कहाँ जान्छिन् होला सिम्रन । यो प्रश्नको उत्तर उनी सँग पनि छैन् । भन्छिन् , काठमाडौं गतिविधि नियाँल्न यसो बाहिर पाइला लगाउँछु ।

जब उनी बाहिर निस्किन छिन् । उनले नियाँल्ने भनेको आफू जस्तै यौवनले परिपक्क भएका युवतीहरुलाई हो । शहरको चौबाटोमा पाइला चाल्दा उनले आँखा लगाउने भनेको यौवनका परिपक्क युवतीहरुको पहिरनलाई हो ।

यसो हेर्छु शहर त अब हामी जस्तै परिपक्क भएछ । भन्छिन् , मोर्डनाइजेसनले हदबन्दी पार गरेको जस्तो हुन्छ मलाई त ।
जता ततै छोटा पहिरनहरुको रंगीन दुनियाँ । कति रमाइलो छ हाम्रो बजार । झन् अहिले त घुँडा माथि देखाउने र छातीको माथिल्लो भाग मात्र छोप्नु चलन आएको छ ।

अचम्मको पहिरन लगाउने चलन आइ सक्यो । उनी भन्छिन् , हा छोड्नु आफूलाई लगाउन मन भए लगाए भइ हाल्यो हैन् किन अरुको नाटीखुसी गर्नु ।

हो कुनै समय त मलाई यस्तो पहिरनमा रंगीन पाए जस्तो हुन्थ्यो । तर के गर्नु परम्पराले रोक्यो । उनी भन्दै थिइन, तपाईलाई थाहा छ जति जति कपडा छोटिन्छ त्यति त्यति रंगीन दुनियाँ पनि बढ्दै जान्छ । । हो नि अहिले त्यस्तै देखीन थालिएको छ ।
उनी थप्दै थिइन यो रंगीन दुनियाँको मायाजालमा अहिले धेरै फस्न थालेका छन् ।

जसको एक कारण मध्ये पर्न आउँछ छोटो पहिरन । जसको लगानी धेरै हुन्छ । पहिरीनेको आयश्रोत कम अनि छिर्नु परेन रंगीन दुनियाँमा ।सिम्रनले गेस गरेका कुरा मात्र हुन् यी । तर अहिले उपत्यका साच्चै युवतीहरुले लगाउने पहिरनमा उदार भएको जस्तो लाग्न थालेको छ ।

जसको सामाजिक सोच देखी विभिन्न विषयहरुमा उदारता कायम हुन् थालेको पनि छ । हुन् त अहिलेको सामाजिक मान्यता नै त्यस्तै भै सकेको छ ।

कम्मर तल केही भाग छोपीन्छ भने कम्मर देखीको भाग अर्ध गतिमा छोपीन्छ । अनि पहिरनको अवस्थालाई नियाँल्ने पनि खुश नियाँल्न लगाउने पनि खुश भएन त मजा ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर