•  ११ पुष २०८१, बिहीबार

इन्धनको मूल्यबृद्धि : डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ बढ्यो

- भाद्र २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।

यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर