•  २६ पुष २०८१, शुक्रबार

पाकिस्तानी दूतावासका कर्मचारीले तलब पाएनन्

- भाद्र ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

डलर तरलता अभावका कारण विश्वका केही मुलुकमा खटिएका पाकिस्तानी दूतावासका केही कर्मचारीले तलब पाएका छैनन् ।

पाकिस्तानको अर्थ मन्त्रालयले डलर तरलता अभावका कारण केही कूटनीतिक नियोगमा कार्यरत प्रेस सहचारी र काउन्सिलरलाई केही महिनादेखि मासिक तलब भुक्तानी गर्न असफल भएको छ ।

पाकिस्तानी अङ्ग्रेजी दैनिक द न्यूज इन्टरनेशनलका अनुसार अमेरिका, हङकङ र सिङ्गापुरमा खटिएका प्रेस सहचारी र काउन्सिलरहरूले गत जुन महिनादेखि तलब पाएका छैनन् ।

पाकिस्तानको अर्थ मन्त्रालयले देशको विदेशी मुद्राको सीमा समाप्त भइसकेको बताएको छ । त्यसैले चालु महिनाको पनि तलब निकासा सकेको छैन । डलर अभावले वासिङ्टन, हङकङ र सिङ्गापुरजस्ता अत्याधिक महँगो शहरमा काम गर्ने कूटनीतिक अधिकारीहरूलाई चार महिनासम्म तलबबिना आफ्नो एवं परिवारको भरणपोषणमा कठिनाइ भएको छ ।

वास्तविक आवश्यकताअनुरूप विदेशी मुद्राको हिसाबमा सूचना मन्त्रालयले रकम नछुट्याउँदा यो समस्या उत्पन्न भएको बताइएको छ । गत आर्थिक वर्षमा पनि यस्तै प्रकृतिकको समस्या उत्पन्न भएको थियो तर तत्कालीन अर्थमन्त्री इशाक दारले मन्त्रिपरिषद्को आर्थिक समन्वय समितिमा कर्मचारीका लागि पूरक अनुदानमार्फत तलब व्यवस्था गर्न निर्देशन दिएका थिए ।

केही कूटनीतिक कर्मचारीले अर्थव्यवस्थापनको मानसिक तनाव पनि खेप्नु परेको छ किनकी उनीहरूका सन्तान अध्ययनरत विद्यालय एवं शैक्षिक प्रतिष्ठानले समयमा शुल्क नबुझाएमा उनीहरूलाई परीक्षामा सामेल हुन नदिने चेतावनी दिएका द न्युज इन्टरनेशनलको समाचारमा उल्लेख छ ।
द न्यूज इन्टरनेशनल अखबार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर