•  २५ पुष २०८१, बिहीबार

यो साताको राशीफल, कसको भाग्य कस्तो ?

- भाद्र ३१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सबै मानिसको जीवनमा अनुकुल नहुन सक्छ । यस अलावा राशी अनुसार पनि मानिसको प्रेम निर्धारित हुने गर्दछ । जस अनुसार यो साता कुन राशीका लागी प्रेमका लागी अनुकुल छ ?

हेर्नुहोस् राशी अनुसारको फल :

मेष
यो साता सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । साताको मध्यमा नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग बैजनी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
यो साता मन भावुक र उत्ताउलो बन्नसक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने सम्भावना छ, सचेत रहनुहोला । मध्य साताबाट सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग खैरो वा हल्का पहेँलो हो । कुनै शुभकर्म गर्नु विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन
यो साता पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट
यो हप्ता नयाँ काममा हात हाल्ने समय छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउन सक्छ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग हरियो वा खैरो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
यो साता दैनिक कार्यमा प्रगति हुनेछ । लाभदायक यात्राहरू हुनेछ । वित्तिय संस्था र शेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ । मङ्गल कार्यको योग छ र सन्तान सुख पनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या
यो साता निर्णय कार्यान्वयन हुन नसक्ला । सामाजिक काममा व्यस्त हुने समय रहेको छ । मङ्गलवारबाट कुनै समाचारले मनमा शान्ति छाउनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । सामाजिक क्षेत्रबाट गतिलो साथ र समर्थन मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

तुला
यो हप्ता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु
यो साता धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा कार्य सम्पादनमा समस्या आउला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग सेतो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

मकर
यो साता आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । लत्ता कपडामा बढी धन खर्च हुनेछ । साताको अन्त्यबाट नयाँ कामको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कुम्भ
यो साता आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग नोलो या पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गा भवानीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ ।

मीन
यो साता उपहार पाइन सक्छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर