गैरीगाउँ हत्याकाण्ड : आरोपी सार्वजनिक, घटना खुल्ने डरले निर्दोश तीन जनाको हत्या
- भाद्र ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रहरीले काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीको हात रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्डपछि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो ।
तिनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्या भएको घटनापछि भण्डारी भागेर पेप्सीकोला पुगेका थिए ।आरोपित सञ्जयले नवीन राईसँगको रिसिइबीका कारण चार जनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
बोल्न नसक्ने सञ्जयले प्रहरीसामू लेखेर हत्या गरेको स्वीकार गरेका थिए । नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरील जनाएको छ ।
नवीन राईको हत्या गरेपछि त्यहाँ रहेका अन्यले प्रहरीलाई बताउने डरका कारण भण्डारीले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा पक्राउ गरेको बताए । शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments