•  २५ पुष २०८१, बिहीबार

चिकित्सक संघको आन्दोलन स्थगित : सरकारसँग सुरक्षा माग सहित ६ बुँदे सहमति

- भाद्र ३१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सरकारसँग सुरक्षा माग गर्दै आन्दोलित चिकित्सक संघ बीच ६ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

आईतबार काठमाडौँमा भएको वार्तामा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्नेहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्ने सहमति भएको छ ।

यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरू आन्दोलनमा होमिएका थिए।

चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आइतबारै वार्ता समिति बनाएको थियो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर