इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकिँदा छिमेकी आर्सनलको जित
- आश्विन १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा चेल्सी बराबरीमा रोकिँदा छिमेकी आर्सनलले जित हासिल गरेको छ । बर्नमाउथको घरेलु मैदान भिटालिटी स्टेडियममा भएको खेलमा चेल्सी र बर्नमाउथ दुवै टोलीले गोल गर्न सकेनन् । सुरुवाती समयदेखि चेल्सीले खेलमा अवसर खेर फालेको थियो ।तेस्रो मिनेटमा कनर ग्यालाघरले लिएको प्रहार गोल हुन सकेन । १३औं मिनेटमा निकोलस ज्याक्सनको प्रहार पोस्टमा लाग्यो ।
१८औं मिनेटमा चेल्सीमा गोलरक्षकले ओउटाराको प्रहार सजिलै बचाउ गरे । ३३औं मिनेटमा ग्यालाघरको अर्को प्रहारलाई बर्नमाउथ गोलरक्षक नेटोले राम्रो बचाउ गरे ।
५०औं मिनेटमा लेवी कोलविलले गरेको गोल अफसाइड हुँदा मान्यता पाएन । स्टर्लिङले लिएको फ्रि–किक पोस्टमा लागेपछि कोलविलको खुट्टामा आएको थियो । तर अफसाइड भएपछि उनी चेल्सीको लागि पहिलो गोल गर्न बाट बञ्चित भए । ६५औं
मिनेटमा नेटोले ज्याक्सन र ग्यालाघरको प्रहार लगातार केही सेकेन्डमै विफल पारे। ८०औं मिनेट सोलाङकीको प्रहार सान्चेजले उत्कृष्ट बचाउ गरेर विफल पारे । ८५औं मिनेटमा फेरि पाल्मरको प्रहार नेटोले उत्कृष्ट बचाउ गरे ।
बराबरी पछि पाँच खेलमा एक जित र दुई बराबरी सहित पाँच अंकमा १४औं स्थानमा छ। बर्नमाउथ भने एक जित सहित टिम अंकमा एक स्थान तल छ ।
गएराति नै भएको दोस्रो खेलमा आर्सनलले एभर्टनलाई १–० ले हरायो । खेलको एकमात्र गोल लियान्ड्रो ट्रोसार्डले ६९औं मिनेटमा गरेका थिए ।
जितपछि आर्सनल पाँच खेलमा चारमा जित र तिनमा हार सहित चौथो स्थानमा छ । हारेको एभर्टन पाँच खेलमा मात्र एक अंकसहित १८औं स्थानमा रहेको छ। पाँचौं चरणको खेल चलिरहँदा म्यानचेस्टर सिटीको मात्र शत प्रतिशत जित नतिजा छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments