काराबाख सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह
- आश्विन २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
युरोपेली सङ्घ (ईयू) ले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । मिचेलले सामाजिक सञ्जालमा लखेका छन्, “पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट मंगलबार विनाशकारी समाचार आइरहेको छ ।”
“बाकु र काराबाख अर्मेनियालीबीच वास्तविक संवादका लागि अजरबैजानको सैन्य गतिविधि तत्काल रोक्नुपर्छ,” उनले भने । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “ईयूले सैन्य वृद्धिको निन्दा गर्दछ र जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछ ।”
बोरेलले भने, “यो सैन्य वृद्धिलाई स्थानीय जनसङ्ख्याको पलायनलाई बाध्य पार्ने बहानाको रूपमा प्रयोग गदैन । “शान्ति र सामान्यीकरण वार्ताका लागि अनुकूल वातावरण प्रदान गर्न हिंसा रोक्न आवश्यक छ ।”
ईयूले अजरबैजान र आर्मेनियासँग वार्ताको मध्यस्थता गरेको छ जसको उद्देश्य पूर्व सोभियत सङ्घका शत्रुहरूबीच स्थायी शान्ति सुनिश्चित गर्नु हो । अजरबैजानले पर्वतीय क्षेत्रमा आर्मेनियासँग छोटो तर क्रूर युद्ध लडेको लगभग तीन वर्षपछि नागोर्नो–काराबाख क्षेत्रमा मङ्गलबार ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गरेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments