खेल / फुटबल : युरोपेली च्याम्पियन्स लिग > गोलरक्षक प्रोवेदेलले इन्ज्युरी समयमा गोल गर्दा एटलेटिको म्याड्रिड जितबाट बन्चित
- आश्विन ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ई को खेलमा लाजियोका। गोलरक्षक इभान प्रोवेदेलले इन्ज्युरी समयमा गोल गर्दा एटलेटिको म्याड्रिड जितबाट बन्चित भएको छ
खेलको ९५ औं मिनेटमा प्रोवेदेलले हेडरमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो । एटलेटिकोले खेलको २९ औं मिनेटमा पाब्लो बारियोसको गोलमा अग्रता लिएको थियो ।
त्यसपछि अल्भारो मोराटाको अग्रता दोब्बर बनाउने प्रयासमा गोलरक्षक प्रोवेदेल नै बाधक बने । तर इन्ज्युरी समयमा उनले लुइस अल्बर्टोको कर्नरमा हेडरमार्फत गोल गरेका हुन् ।
प्रोवेदेल च्याम्पियन्स लिगमा गोल गर्ने चौथो गोलरक्षक बने । यसअघि जोर्ग बट (पेनाल्टीमा ३ गोल), सिनान बोलाट (२००९) र भिन्सेन्ट एनेयामा (२०१०) ले गोल गरेका थिए । यसै समूहको अर्को खेलमा फेयनुर्डले सेल्टिकलाई २–० ले हराएको थियो । दोस्रो हाफमा सेल्टिकका २ खेलाडीले रातो कार्ड खाँदा डच टोलीको जित सहज भएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments