विश्व सेरोफेरो : इजरायल–प्यालेष्टाइन द्वन्द्वमा छ जनाको मृत्यु
- आश्विन ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन् । अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
पछिल्ला दुईपक्षीय झडपका क्रममा मङ्गलबारसम्म चार जनाले ज्यान गुमाएकामा बुधबार थप दुई जना मारिएका उनीहरूले बताएका छन् । जेनिनस्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको कारबाहीमा अन्य ३० जना घाइते भएका छन् ।
बितेका डेढ वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच दिनहुँ झडप हुँदा गाजापट्टीलगायत स्थानमा हिंसात्मक घटना रोकिएका छैनन् । इजरायलले प्यालेष्टिनी क्षेत्रमा आक्रमण बढाएपछि प्रतिकारमा प्यालेष्टिनीहरूले पनि रकेट प्रहार गर्दै आएका छन् । बुधबार बिहान एक जना प्यालेष्टिनी युवकले सुरक्षाफौजमाथि विष्फोटक पदार्थ प्रहार गरेपछि जवाफी कारबाही गर्दा ती युवकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments