बीपी साहित्य महोत्सव : अहिलेको संविधानमा बीपी तत्व छैन्- माओवादीलाई खुशी पार्न मात्र ल्याएको हो > पूर्वसभामुख ढुंगाना
- आश्विन ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बीपी साहित्य महोत्सव अन्तर्गत बुधबार ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षक विषयमा संविधानविद् निलाम्बर आचार्य, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल थियो ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सञ्चालन गरेको उक्त छलफलका क्रममा पूर्वसभामुख ढुंगानाले अहिलेको संविधानमा बीपी तत्व नभएको बताए । उनले संविधान माओवादीलाई खुशी पार्न ल्याइएको टिप्पणी गर्दै संविधान बनाउँदा कांग्रेस हाबी हुन नसकेको बताए ।
तर दर्शकदीर्घामा बसेर बहस सुनिरहेका महामन्त्री गगन थापाले ढुंगानाको भनाइको प्रतिवाद गरे । उनले आफू पहिलो र दोस्रो दुबै संविधानसभामा रहेको भन्दै पहिलो संविधानसभाको घटना सुनाए ।
‘त्यो बेलामा माओवादीको प्रस्ताव के थियो भने व्यक्तिले सम्पत्ति कति राख्न पाइन्छ भन्ने कुराको सीमा राख्नुपर्छ । अदालतको न्यायाधीश, स्वतन्त्र न्यायपालिका होइन दलले तोक्नुपर्छ भन्ने थियो’, थापाले भने ।
उनले अगाडि भने, ‘यो सबै कुरा लड्दा–लड्दा, जुध्दा–जुध्दा अन्तिममा संविधान नबने बन्दैन तर नेपाली कांग्रेसले आफ्नो फन्डामेन्टल कुरासँग कम्प्रमाइज गर्दैन भनेर पहिलो संविधानसभामा अडिएर बसेको हो । त्यसैले तिमीहरु लडेनौं भन्ने कुरालाई यहाँ बसेर टुलुटुलु स्वीकार्न सकिएन ।’
थापाले दोस्रो संविधानसभामा कांग्रेस सबैभन्दा ठूलो दल बनेका बेला एमालेको साथ लिएर संविधान जारी गरेको बताए । ‘दोस्रो संसविधानसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको बेलामा कांग्रेस र एमाले दुईटा हुँदाखेरि हाम्रो डोमिनेसनमा बनेको हो । फ्याक्ट छ, माओवादीले यो कुरा स्वीकार गर्न नसक्दा माओवादी चिराचिरा भएको हो’ उनले भने ।
बहसका क्रममा ढुंगानाले अहिले सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्नेमा माओवादी नेतृत्वको सरकारमा सहभागी भएको भन्दै आलोचना गरेका थिए ।
महामन्त्री थापाले २०४७ सालको संविधानपछि पनि कांग्रेसले सानो दल राप्रपाका नेता सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएको स्मरण गरे ।
‘सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्नुपर्छ भन्ने म पनि चाहन्छु, प्रयास पनि छ । तर सूर्यबहादुरको नेतृत्वमा सरकार बनेको होइन ? सूर्यबहादुर ठूलो दलका थिए, लोकेन्द्रबहादुर ठूलो दलका थिए ?’ उनले प्रश्न गरे ।
महामन्त्री थापाले दल र नेताहरुको अक्षमताको भारी संविधानलाई बोकाउन नहुने बताए । ‘बीपी कोइरालाले के भन्नुभएको रहेछ भने संविधानको जीवन्तता शासकको मनोवृत्तिमा निर्भर रहन्छ त्यसैले संविधान बनाएर काम गर्न नसकेको भारी संविधानलाई पनि नबोकाऔं, बीपी कोइरालालाई पनि नबोकाऔं’, उनले भने
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments