मण्डनदेउपुर नगरपालिकामा बिहीबार थकान सार्वजनिक बिदा
- आश्विन ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काभ्रे ।
काभ्रेको मण्डनदेउपर नगरपालिकाले बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । बुधबारनगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
आठौं संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्न र दिवस मनाउँदा कर्मचारी र जनप्रतिनिधिलाई थकाइ लागेको भन्दै सार्वजनिक बिदा दिएको जारी सुचनामा उल्लेख गरिएको छ ।
‘संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्यमा तथा त्यस क्रममा तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गत कार्यालयहरू, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बस्दा गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ।
मण्डनदेउपुर नगरपालिका पुरानो कार्यालयबाट नयाँ भवनमा सरेको छ । कार्यालया सार्नेक्रममा ३ दिनदेखि कर्मचारी खटिएका थिए । आज संविधान दिवसका दिन पनि उनीहरु दिनभर नै कार्यालय सार्ने र व्यवस्थापन गर्ने काममा खटिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments