शिक्षक आन्दोलन : देशभरका सामुदायिक विद्यालय बन्द, आन्दोलन चर्काउने चेतावनी > पठनपाठनमा समस्या पारेको खण्डमा शिक्षकहरूमाथि कारबाही
- आश्विन ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बिहीबार देखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका हुन् ।
राष्ट्रिय नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौं आएका छन् । आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ ।
संसद्मा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ का केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलनमा उत्रेका हुन् । विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरू आन्दोलनका लागि संघीय राजधानी काठमाडौं आएका छन्।
बुधबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरम्म प्रदर्शन गरेका उनीहरूले बिहिबार देखि थप आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् ।
संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउन खोजेको, पटक(पटकको संवाद र छलफलपछि पनि आफूहरूको मागविपरीत विधेयक आएको भन्दै नेपाल महासंघले शिक्षकहरूलाई आन्दोलनमा उतारेको हो ।
विधेयकले स्थायी, अस्थायीरकरार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको महासंघको विश्लेषण छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असन्तुष्ट शिक्षकहरूलाई वार्तामा बोलाएको थियो । तर, शिक्षक महासंघका प्रतिनिधि भने कार्यवाहक प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भन्दै शिक्षा मन्त्रालय गएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका भ्रमणमा रहेकाले कार्यबाहक प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने महासंघको अडान छ ।
विद्यालय बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा शिक्षकहरूमाथि कारबाही : काठमाडौं महानगरपालिका
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments