दाइजो नल्याएको निहुँ : ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकले नपुगेर श्रीमतिको हत्या गरे भगतले

- आश्विन ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
सुन्दरहरैँचा(सुनसरी) ।

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका कारणले सुनसरी इनरूवाका ३२ वर्षीय नगेन्द्र भगत प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप लागेको छ ।

विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारवाही गर्न माग गरेको प्रहरीले जनाएको छ । उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ । माइती पक्षले नाबालक छोराको समेत जिउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर