शिक्षक आन्दोलन : अब अन्तिम टुंगो लगाउने छौं , आज टुंगिन्छ > कानूनमन्त्री गुरुङ

- आश्विन ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सञ्चार र कानुनमन्त्रीहरु बिच भएको आन्तरिक छलफलमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भने, ‘शिक्षक साथीहरुका मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ ।’
मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता सुरू हुने छ। यसअघि बिहीवार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू विद्यालय बन्द गरेर बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर