बाल सुधार गृह : दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये २१ वर्षीय केसीको मृत्यु

- आश्विन ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
बाँके ।

बाँकेको जयेन्दु बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा घाइते भएकाहरुमध्ये २१ वर्षीय सुलभ केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोष सिंह राठौरले बताए ।
घाइते अन्य दश जनाको उपचार जारी छ ।

ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख राठौरले बताए । घाइतेहरुको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ । बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर