गुरुहरु सडकमा : चेलाहरु सत्तामा > दुईको बिचमा आम जनमानस

- आश्विन ५, २०८० मा प्रकाशित


काठमाडौं ।
धेरै दिन भएको थियो सिम्रन सँग कुरा नभएको हिजो साँझ एक्कासी कुरा भयो । उनको मनमा छोटिएका कपडाहरुको बारेमा अझै पनि खुल्दुली रहेछ । बेला बेलामा यसको बारे सोच्दी रहेछिन् उनी ।
सोच्दा सोच्दै उनलाई अब यो स्वभाविक लाग्न थाली सक्यो अहिले उनलाई काठमाडौं देखेर दिक्क लागेको रहेछ । किन त यस्तो ? भन्दा उनले भावपूर्ण शब्दमा भनिन अहिले काठमाडौंको स्वरुप बदलिएको छ । सामाजिक परिवेशहरु चेन्ज भएका छन् । आधुनिक र प्राविधिक युगको राम्रो सुरुवात भएको छ । नयाँ नयाँ आन्दोलनहरुको सुरुवात भएको छ ।

उनी भन्दै थिइन केही दिन देखी काठमाडौं केही तनावमा छ । तनावको हुनुको कारणकोे उत्तर पनि उनले दिदै भनिन अहिले गुरुहरु सडकमा छन् , चेलाहरु सत्तामा ।

अझ रमाइलो कुरा त गुरुहरुले नाचेरै सडक तताउन थालेका छन् । काठमाडौंको सडक अवरुद्ध गरेर गरिएको आन्दोलनले जनजिवन कष्टकर बन्दै छ भने शिक्षकहरु सडकमा नृत्यकला देखाएर मनोरञ्जन लिंदै छन् ।

मलाई त साह्रै रमाइलो लाग्यो कमसे कम फ्री मा नाच हेर्न पाइयो । यो भन्दा रमाइलो के हुन्छ । फेरी उनी भन्दै थिइन बिचरा गुरुहरुको माग सम्बोधन गर्दा चेलाहरुलाई के हुन्छ । किन नबुझेको होला यति सानो कुरा ?
अनि अर्को कुरा पनि सुनेकी रहेछिन् सिम्रनले ।

के रहेछ त्यो भन्दा ? उनले भनिन, सत्तामा रहेका एक चेलाले त गुरुहरुको मागलाई सम्बोधन गर्दा सत्तालाई ठूलै घाटा लाग्छ भने रे । गुरु र चेलाको लडाईले अहिले आम जनमानसले ठूलै सकस झेल्नु परेको छ । तर के गुरुहरुको अगाडी जनमानस पनि चुप बस्नै पर्यो भन्दै थिइन सिम्रन । अन्त्यमा गुरुहरुको मागलाई चेलाहरुले मनमस्तिकमा सिरियसली लिइदिए राम्रो हुन्थ्यो भन्छिन् सिम्रन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर