वैशाखमा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको तयारी, देशभर २२ जनप्रतिनिधि रिक्त
- आश्विन ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
देशभर २२ जनप्रतिनिधि रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार एकरएक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ ।
संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ रिक्त भएको छ । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा इलाम १ बाट नेम्वाङ निर्वाचित भएका थिए ।
सुदूरपश्चिम प्रदेश सभा बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने छ । ४ मंसिर २०७९ मा भएको चुनावमा यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि उक्त पद रिक्त भएको हो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार जिल्ला समन्वय समितिको प्रमुख कैलालीका लागि उपनिर्वाचन गर्नुपर्ने छ । समिति प्रमुख जितेका पदमबहादुर कलेलको निधन भएपछि पद रिक्त भएको हो । बाँकी रिक्त रहेका १९ पद स्थानीय सरकारका जनप्रतिनिधि हुन् ।
दैलेखको महाबु गाउँपालिका अध्यक्ष, गौरीशंकर गाउँपालिका उपाध्यक्षको उपनिर्वाचन गर्नुपर्ने छ । गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङ र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा श्यामसुन्दर तामाङको निधन भएपछि पद रिक्त भएको हो ।
बाँकी १७ जना वडाअध्यक्षहरुको पद रिक्त छ । गढी गाउँपालिका ६ का वडाध्यक्ष, त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष, इशानाथ नगरपालिका ७ का वडाध्यक्ष, राजपुर नगरपालिका-६ का वडाध्यक्ष, कीर्तिपुर नगरपालिका ४ का वडाध्यक्ष, ककनी गाउँपालिका-२ का वडाध्यक्षको उपनिर्वाचन गर्नुपर्ने छ ।
हेटौंडा उपमहानगरपालिका-१२ का वडाध्यक्ष, गोरखा नगरपालिका-५ का वडाध्यक्ष, मुसिकोट गाउँपालिका-१ का वडाध्यक्ष, घिमिरे रुन्टीगढी गाउँपालिका-४ का वडाध्यक्ष, ठाकुरबाबा नगरपालिका(४ का वडाध्यक्ष उपनिर्वाचन गर्नुपर्ने छ ।
तिलागुफा नगरपालिका-४ का वडाध्यक्ष, कुशे गाउँपालिका-७ का वडाध्यक्ष, दुहुँ गाउँपालिका-५ का वडाध्यक्ष, सुर्मा गाउँपालिका-४ का वडाध्यक्ष, पूर्वाचौकी गाउँपालिका-६ का वडाध्यक्ष र काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अधिकारीहरुका अनुसार उपनिर्वाचनको विषयमा सरकारसँग संवाद चलिरहेको छ ।
यसअघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितको आयोगको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर आगामी मंसिरमा चुनाव गर्ने प्रस्ताव गरेको थियो ।
तर, सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन पछाडि मात्रै उपनिर्वाचन गर्नु उपयुक्त हुने बताएकाले वैशाखका लागि तयारी अगाडि बढेको आयोगका अधिकारीहरु बताउँछन् ।
राष्ट्रियसभा सदस्यको एक तिहाइ सदस्य (२१ जना सांसद) को कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । त्यसको एक महिना अगाडि नै रिक्त हुने स्थानका लागि निर्वाचन हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments