राहत शिक्षकद्धारा वार्ता बहिष्कार : काठमाडौंमा आन्दोलन चर्काउने, जिल्लाबाट अरुलाई पनि बोलाइयो

- आश्विन ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

शिक्षक महासंघ र सरकारबीचको वार्तामा राहत शिक्षकलाई धोका भएको भन्दै आन्दोलन जारी राख्ने भएका छन्।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमतिलाई धोका भन्दै आफूहरुले नमान्ने बरु आन्दोलन जारी राख्ने बताएका छन्।

राहत शिक्षक समितिका केन्द्रीय वरिष्ठ सह-अध्यक्ष नवीन धामीले राहत आफूहरुका माग पूरा गर्न शिक्षक महासंघ र सरकार उदाशीन देखिएकोले वार्ता बहिष्कार गरिएको जनाएका छन्।

उता अध्यक्ष अधिकारीले सबै राहत शिक्षहरुलाई काठमाडौं नछोड्न आग्रह गरेका छन्। अहिले राहत शिक्षकहरुको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछ।

‘शुक्रबार शिक्षक महासंघ र सरकारबीचको वार्तामा राहत शिक्षक केन्द्रीय अध्यक्ष खेमराज अधिकारीले प्रतिनिधित्व गरेका थिए । तर राहत शिक्षकको पक्षमा महासंघ र सरकार उदाशीन देखिएकोले वार्ता बहिष्कार गरिएको छ’, समितिका वरिष्ठ सह-अध्यक्ष धामीले भने, ‘सबै राहत शिक्षक मित्रहरु काठमाडौं नछोड्न हुन अनुरोध छ। केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछौँ।’

धामीले काठमाडौं आउन बाँकी सबै राहत शिक्षकहरुलाई पनि अनिवार्य काठमाडौं आउन आह्वान गरेका छन्। उनले यसलाई अन्तिम संघर्ष भएकाले अब निष्कर्षमा नपुगी नरोकिने पनि बताएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर