शिक्षक आन्दोलन : को हुन समाजिक सञ्जालमा चर्चित शिक्षक न्यौपाने

- आश्विन ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै राजधानिमा गरेको आन्दोलन गरेका बेला विभिन्न कोणबाट चर्चामा आएका एक जना शिक्षक कुन विद्यालयमा कार्यरत छन् भन्ने विषय आम चासोको विषय बनेको छन् ।

जनज्योति मा.वि. देवचुली नगरपालिका मा.वि. गणीत शिक्षक होमनाथ न्यौपाने हुन । उनी यतिबेला अहिले सामाजिक सन्जालमा एकदम भाइरल भएका छन । उनी निजामती सेवा खरिदार पदमा सिंहदरबारमा लगभग ६ बर्ष जति सेवा दिएर जागिरबाट राजिनामा दिएर शिक्षण सेवामा आएका हुन ।

एम.ए.सी गणीत विषयमा उत्तिण शिक्षक उनकी पत्नी पनि स्थाइ शिक्षिका छन् भने आफ्नो एक मात्र सन्तान छोरी लाई कक्षा १० सामुदायिक विद्यालयमा पढाइरहेका छन् ।

छोरीले जिल्ला प्रथम स्थान हासिल गरेकी छिन । उनी शिक्षक पेशामा मात्र नभइ बिद्यार्थीहरुलाइ मनोरञ्जन,अतिरिक्त पाठ्यक्रम गतिविधिहरू लगायत वृद्ध बुबा आमाको रेखदेख गर्दै सामाजिक सेवामा पनि सकृय छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर