शिक्षकको कथा : तराईको तातो हावालाई भुलेर उच्च पहाडी क्षेत्रको हावामा तिन दशकको शिक्षण यात्रा तय गरेका जाहुर
- आश्विन ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
बेनी (म्याग्दी) ।
छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको म्याग्दी जिल्लाको दुर्गम गाउँ मल्कबाङ पुग्न बेनीबाट दुई दिनको पैदलयात्रा गर्नु पर्छ । रौटहटबाट मल्कबाङ पुगेका शिक्षक जाहुर आलमले सोही गाउँमा तिन दशकको यात्रा तय गरेका रहेछन् त्यो पनि शिक्षण पेशामा । २०५० सालमा मल्कबाङको जनजागृति माविमा नियुक्त भएका जाहुरलाई यति लामो समय एउटै गाउँमा बस्छु लागेको भने रहेछन् । समय र परिस्थितीले उनलाई एउटै गाउँमा तिन दशकको शिक्षण तय गर्न बाध्य बनायो ।
तराईको तातो हावाको फेरोमा रमेका जहुरलाई फरक भुगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो । उच्च पहाडी क्षेत्रको हावापानीमा विस्तारै घुलमिल हुँदै जाँदा जाहुरले दुर्गम गाउँको परिवेशमा आफूलाई परिचित मात्रै गराएनन जीवनको महत्वपूर्ण समय यही गाउँलाई सुम्पिन पुगे ।
विद्यालयमा ३० वर्ष छ महिना शिक्षण गरेका जहुरले २३ वर्षदेखि निरन्तर प्रधानध्यापकका रुपमा विद्यालयको शैक्षिक नेतृत्व सम्हालेका थिए । तराइदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरी योगदान गरेका जहुरले अहिले अनिवार्य अवकास पाएका छन् । चारैतिर बाट गरिएको सम्मानको भारीले उनी रंगीएका छन् । उनी बाहिरबाट आएर दीर्घ सेवा गर्ने र अभिनन्दित हुने पहिलो व्यक्ति भएका छन् ।
एउटै विद्यालयमा तीन दशक बढी समय खर्च गरेका जाहुरले गाउँमा आएर जागिर मात्रै गरेनन सिङ्गो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएका छन् । जाहुरको बिदाइमा सिङ्गो गाउँवासी र विद्यार्थीहरु भावुक बनेको छ । विदाईमा सबैका आँखा रसाएका थिए । विदाई भएर जाँदै गरेका जहुरले आफु सेवा निवृत्त भएर घर जान लागेकोमा खुसी भन्दा जीवनको तीन दशक समय विताएका गाउँ छाडेर जानुपरेकोमा दुःख लागेको बताउँदै थिए ।
शिक्षणबाट अवकाश लिएपछि आफुलाई पारिवारिक रुपमा घरपरिवासंग संगै बस्ने वातावरण भएपनि जीवनको उर्जावान समय विताएको गाउँसंग टाढिन परेकोमा आफु दुखी भएको उनले बताए । ‘‘ हिजोका ती सबै दुःख आज तपाईहरुले देखाउनुभएको मायाँले भुलाइदिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईहरुको मुल्यांकनको बिषय हो, तर तपाईहरुले मलाई आफ्नै छोरा सम्झिएर यो गाउँको बसाईलाई सरल, सहज र स्मरणीय बनाइदिनुभयो, दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यबाद’’जाहुरले भने ।
असोज ३ गते नियमित अवकास जाहुरलाई विदाई गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दीर्घ सेवा शिक्षण गरेकोमा कदरपत्र र दोसल्लाद्वारा सम्मानित गरेको छ ।रौटहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा जाहुर विज्ञान बिषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा विस २०५० मा म्याग्दी आएका थिए ।
जाहुरलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान विषयको शिक्षकको रुपमा विद्यालयमा नियुक्त दिएका थिए । जहुर विद्यालयमा प्रवेश गरेपछि विद्यालयले विसं २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा प्रधानध्यापकको जिम्मेवारी समेत बहन गरेपछि जहुरलाई विद्यालयमै रहने दायित्व थपिएको थियो ।
विसं २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पेका जाहुरलाई विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेद्वारा यस अघि नगद रु एक लाख सहित सम्मानपत्रद्वारा सम्मान गरि सकेको छ । विसं २०५३ मा परीक्षा दिएर विसं २०६० मा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका जाहुर विसं २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments