सतुङ्गलस्थित चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा धेरैको क्षति
- आश्विन ६, २०८० मा प्रकाशित
कासिन न्यूज
काठमाडौं ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ ।
गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब रु ९३ लाख २० हजार बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।
यसैगरी, गए राति नै काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments